०८ असार २०७६, काठमाडौँ
सौगाल मल्ल र सृष्टि श्रेष्ठ नेपाली चलचित्र जगतमा क्युट कपलको रुपमा परिचित छन् । यी दुईको चर्चा आजभोली जताततै हुन थालेको छ । सौगात र सृष्टि प्राय हरेक ठाउँमा एकसाथ देखिने गरेका छन् ।
अहिले भने यी दुवै चलचित्र पोई पर्यो काले को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकन सेटबाट सृष्टिले सौगात र आफ्नो तस्बिरहरु सेयर गरिरहेकी छिन् । जहाँ उनको र सौगातको रोमान्स देख्न सकिन्छ ।
यस्तै एक तस्बिरमा सौगातले सृष्टिलाई झुम्का लगाइदिएका छन् । यो तस्बिरले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पनि पाइरहेको छ । सौगात र सृष्टि लामो समयदेखि लिभिङ टुगेदरमा बस्दै आएका छन् र एकअर्काको परिवारसँग पनि निकै नजिक छन् ।