०८ असार २०७६, काठमाडौँ
केहीदिन देखि शम्भू राई र प्रकाश सपूतको गीत विवादको कुराले बजार तातिरहेको छ । केही दर्शकले शम्भूको गीतसँग प्रकाशको गीत नमिलेको प्रतिक्रिया दिइरहेका छन् भने कतिले प्रकाशले गीत चोरेको नै आरोप लगाएका छन् ।
धेरै दिनदेखि यहि कुरामा विवाद चलिरहदाँ अन्ततः शम्भूले प्रकाशको विरुद्धमा मुद्दा हालेका छन् । उनले प्रकाशले आफूले सिर्जना गरेको गीतलाई चोरेको आरोप लगाउँदै उनको विरुद्धमा मुद्दा हालेका छन् । अब प्रकाशलाई मुद्दा लाग्ने हो वा होइन त्यो भने हेर्न बाकिँ नै छ । गलबन्दी पछि प्रकाशको दोहोरी ब्याटललाई पनि मुद्दा लागेको छ ।