पारिश्रमिक महंगो लिदाँ किन सस्ता हुँदैछन् कलाकार ?



०८ असार २०७६, काठमाडौँ

आजको दुनियाँ भनेको डिजिटल दुनियाँ हो । मानिसले हरेक कुराको जानकारी घरमै बसी बसी थाहा पाउन थालेका छन् । यस्तै कुरा गरौँ नेपाली चलचित्रको । आजभोली चलचित्रमा अनुबन्धित हुनुभन्दा अगाडी नै हामीलाई नायक नायिकाको पारिश्रमिक पनि थाहा भैसकेको छ ।

युट्युबमा सार्वजनिक हुने अनेक कुरा हरेर हामी त्यसैलाई विश्वास गर्ने गर्छौ । निर्मातासँग पारिश्रमिकलाई लिएर छुट्टै सल्लाह भएको हुन्छ तर बजारमा हल्ला अर्कै आएको छ । यसले कलाकारको स्टारडममा पक्कै पनि ठेस पुग्न थालेको छ ।

यतिमात्र नभएर आजभोली निर्माता निर्देशक कलाकारको कामको आधारमा नभई बजारमा चलेको उनीहरुको चर्चा र स्टारडमका कारण महंगो पारिश्रमिक दिएर चलचित्रमा लिन्छन् । तर विडम्बना पछि हलमा तिनै कलाकारको चलचित्रले पानी भन्न नपाएपछि निर्माताको टाउकोबाट पसिना आउन थाल्छ ।

यसरी आजभोली कलाकारहरु महंगो पारिश्रमिक लिने हुँदा बजारमा सस्ता बन्दै गएका छन् । कलाकार दर्शक बिना अधुरा रहन्छन् । दर्शकले नै कलाकारको वास्ता गर्न छोडे भने कलाकारको सम्मान कसले गर्ने ? त्यसैले पारिश्रमिक भन्दापनि पनि अब कलाकारहरुले उत्कृष्ट काम गर्नमा जोड दिने हो की ?

प्रतिक्रिया दिनुहोस्