देशभरि नै ओलम्पिक डे  मनाइदै



०९ असार २०७६, काठमाडौं

हरेक बर्ष २३ जुका दिन विश्वभरि नै ओलम्पिकडे मनाइन्छ । सबैका लागि खेलकुद भन्ने अवधारणका साथ विश्वका २०७ वटै देशमा उक दिन ओलम्पिक डेको उत्सव मनाउने गरिन्छ । यसैक्रममा नेपाल ओलम्पिक कमिटीले १५ जुनदेखि २३ जुनसम्म गरि ९ दिन देशभरि विभिन्न कार्यक्रम गरी ओलम्पिक डे मनाइरहेको छ । २३ जुनका दिन भने विशेष समारोहको आयोजना गरि ओलम्पिक डे मनाउन लागेको स्पोटंस फर अलका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले बताए ।

१५ जुनका दिन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनबाट साइक्लिङ गरि ओलम्पिक डेको औपचारिक उद्घाटन गरिएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले साइक्लिङको उद्घाटन गरेका थिए । सो ¥याली लगखेल, त्रिपुरैश्व, न्युरोड हुँदै भृकुटी मण्डपमा गएर समापन भएको थियो ।

त्यसैगयरि भलिबल प्रतियोगिता लखनखेलीसथ अर्मी स्पोर्टस हलमा सम्पन्न भएको छ । सबैका लागि खेलकुद आवश्यक छ भन्ने सन्देश दिनका लागि सातोदबोमा जुम्बाको समेत आयोजना गरिएको थियो । सो कार्यक्रमले सबै उमेरका समूहलाई खेलकुदमा आकर्षति गर्दै ओलम्पिक मुभमेन्टको जनचेतना जगाउन सफल भएको ओलम्पिक फर अलका चियरम्यान श्रेष्ठले दावी गरे ।

१६ जुनमा नेपाल ह्याडबल संघले उदयपुर, धनगढी, भैरहवा, काठमाडौं र लाहानामा ह्यान्डबल प्रतियोगिता गरेको थियो । इपिएस स्कलुले ओलम्पिक क्वीज प्रतियोगिताको आयोजना ग¥यो । ओलम्पिक डेमा खेलकुदका संघहरु, स्कुल देखि विभिन्न संघ/सस्थाले विभिन्न कार्यक्रम गरेका थिए ।

१८ जुनका दिन नेपाल स्क्वास संघले सातदोबाटो स्थिति स्क्वास हलमा स्वास्यको आधारभुत ज्ञान दिई खेल मैत्री भावना जगाउने उद्देश्यले प्रतियोगिता गरेको थियो।

१९ जुनमा ब्राइटर स्कुलले फुटबल प्रतियोगिता गर्याे भने, सेन्ट सेभियर्स स्कुल गोदावगरीले शान्ति र्यालीको आयोजना गरेके थियो । ग्यालेक्सी पब्लिक स्कुलले अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसनका  सदस्य राजन श्रेष्ठले बताए । आर्चरी संघको आयोजनामा आर्चरी प्रतियोगित भएको बताइएको छ । ओरेटरी प्रतियोगिता एभरेष्ट स्कुलले गरेको थियो । कञ्चनपुरमा फुटबल प्रतियोगितासमेत ओलम्पिक डेको अवसरमा आयोजना गरिएको थियो ।

२१ जुनका दिन नेपाल कबडी संघले चितवनका नारायनघाटमा कवड्डी प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । नेपाल बक्सिङ संघले लगनखेलमा बक्सिङ मैत्रीप्रतियोगिताको आयोजना गरेको नेपाल बक्सिङ संघले जनाएको छ । नेपाल बेस बल एण्ड सफ्ट बल संघले काठमाडौंको बुढानिलकण्डमा बेसबलको विषयमा ज्ञान दिई प्रचार गर्दै ओलम्पिक मुभमेन्टको उद्देश्यका विषयमा चेतना दिने उद्देश्यले कार्यक्रम गरेको संघका महासचिव दिपक न्यौपानेले बताए ।

विगतदेखि नै उपत्ययका र देशका विभिन्न जिल्लाका स्कुलहरुले विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइरहेका छन् । यस बर्षमा पनित्यसले निरन्तरता पायो । लालीगुराँस स्कुलले अन्तरविद्यालय भलिबल प्रतियोगिता गरेको थियो । नेपाल ब्याडमिन्टन संघले भेटरान्स व्याडमिन्टनज प्रतियोगिताको आयोजना ग¥यो । सम्बो, पेन्टोथ्लोन ट्राइइथलन एन्ड लेजर दौड प्रतियोगिता भएको थियो । नेपाल फुटबल संघले समेत फुटबल म्याचको आयोजना गरेको थियो । नेपाल टेनिस संघले टेनिस प्रतियोगिताको आयोजना गरेको थियो । नेपाल पुलिस, आर्मी, शसस्त्र प्रहरी बलले पनि ओलम्पिक डेका अवसर पारी देशके ७ तै प्रदेशमा विभिन्न कार्यक्रम गरेका  थिए ।

जुन २३ मा लगनखेलको सैनिक शारिरीक प्रक्षिण तथा खेलकुद केन्द्रमा  समस्त नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरु तथा कर्मचारीहरु, ओलम्पिएनसहरु,  राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु तथा कर्मचारी,  राष्ट्रिय संघका पदाधिकारीहरु, नेपाल आर्मि, नेपाल प्रहरी, शसस्त्र प्रहिरी बल, विभिन्न विद्यालयका विद्यार्थिहरु, विद्यालयका शिक्षक तथा शिक्षीकाहरु, स्थानियवासीहरु, कलाकारहरु, खेलकुद पत्रकाहरु, क्लवहरु तथा खेलकुदप्रेमीहरुको भब्य उपस्थितीमा माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारज्युले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो उक्त कार्यक्रममा राष्ट्रिय खेलकदु परिषदका उपाध्यक्ष श्री पिताम्बर तिमल्सिना, नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष श्री ध्र्रब बहादुर प्रधान, नेपाल प्रहरीका प्र्रहरी महानीरिक्षक र शसस्त्र प्रहरु बलका महानिरीक्षक उपस्थिती रहेको थियो । उक्त ओलम्पिक डे सेलेब्रेसन कार्यत्रममा देशमा ७ तै प्रदेश गरी १५ हजार जनाको प्रत्यक्ष उपस्थितीमा भब्यताका साथ सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्रीज्यूवाट जुन १५ देखि जुन २२ सम्म ओलम्पिक डे को कार्यक्रमको आयोजना गर्ने सम्पुर्ण आयोजकहरुलाई कदरपत्र द्धारा सम्मानीत गरेको थियो । उक्त समारोहमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाकको सन्देश स्पोर्टस फर अल कमिसनका अध्यक्ष श्री विष्णुगोपाल श्रेष्ठज्यूले वाचन गुर्न भएको थियो,

उक्त कार्यक्रमको दौरानमा २०० जना ३ वर्ष देखी ६ वर्षका स-साना बच्चा विद्यार्थीहरुले सहभागीहरुलाई स्वागत गरेको थियो ।

सोही अवसरमा आर्मिका विशिष्ट व्यक्तित्वहरुलाई जुडो र आर्चरी एथ्लेटिक्सले प्रर्दशनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्