निलम्बित सांसद रेशम चौधरीलाई जेलमुक्त गरिदिने सिके राउतको आश्वासन



१० असार २०७६, काठमाडौं

सिके राउतको जनमत पार्टीले अब वीर अस्पतालमा उपचाररत निलम्बित सांसद रेशम चौधरीलाई जेलमुक्त गर्न प्रयास गर्ने भएको छ । दुई साता लामो विदेश भ्रमण सकेर स्वदेश फर्किएका सिके राउत त्रिभुवन विमानस्थलमा ओर्लिने बित्रिकै रेशमलाई भेट्न वीर अस्पताल पुगेर छुटाउने आश्वासन दिएका हुन् ।

उपचाररत चौधरीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उनले जेलबाट छुटाउनका लागी अब जनमत पार्टीले लड्ने बताएका छन् । त्यहाँ उनका साथै बिभिन्न मानवअधिकारवादीहरु पुगेर उपचार गर्दा पनि नेल लगाएको बिरोध गरेका थिए । सांग्लोमा बाधिएर उपचार गरिरहेको फोटो बाहिर आएपछि यो कुरामा मानव अधिकारवादीहरुको नजर गएको हो ।

यस अघी अस्पताल नै पुगेर उनलाई समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्