‘ठाउँ–ठाउँ, टोल–टोल, घर–घर : मधेशी आयोग’



१० असार २०७६, काठमाडौं

मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले पदबहाली गरेको जम्मा ३ महिना पुगेको छ । ३१ जना कर्मचारीको दरबन्दी रहेको आयोगमा अहिले जम्मा ६ जना कर्मचारी कार्यरत छन् । पदाधिकारी भनेको अहिले एक जना अध्यक्ष मात्र छन । बाँकी ४ जना सदस्य नियुक्ति भएका छैनन् । आयोग संचालनको लागि ललितपुरमा एउटा भाडाको घर रहेको छ । सिमित स्रोत, साधन, कर्मचारीको बीचमा पनि आयोगले आफ्नो काम को गतिलाई कहिले न्यून हुन दिएन ।

आयोगका अध्यक्षको काम गर्ने उच्च इच्छाशक्ति, लगनशीलता, अहोरात्र खटाई, आफैं ठाउँठाउँमा पुग्ने अठोटले गर्दा आज स्थापनाको केहि दिनमै मधेशी आयोग अन्य भन्दा अगाडी देखिएकोे छ ।

समस्याको समाधान गर्न पहिले समस्या कहाँ छ, के छ , अवस्था कस्तो रहेछ भन्ने कुरा थाहा पाउनु पर्दछ । पहिले आयोगका अध्यक्ष दत्तले कसैलाई आयोगमा पहँुचको समस्या न होस भनेर आयोगलाई पूर्ण रुपले प्रविधिमैत्री बनाए ।

मधेशी आयोगमा अध्यक्ष दत्तले पदबहाली गरिसकेपछि आफैं फिल्डमा गई प्रदेश १ र २ को समस्या बारे जानकारी लिएका छन् । त्यहाँको जननिर्वाचित प्रतिनिधि, प्रशासनिक निकाय तथा बिभिन्न व्यक्तिहरु सँग भेटेर समस्यालाई स्थानीय र प्रादेशिक स्तरबाट कसरी समाधान गर्न सकिन्छ भन्ने उपाय खोज्न सल्लाह पनि दिएका छन् ।

लोकसेवा आयोगले गरेको बिज्ञापनमा समावेशीकरण नभएको भन्दै अध्यक्ष दत्तले विज्ञापन प्रकाशन भएको दोस्रो दिन स्वयं उपस्थित भई आयोगका अध्यक्षसँग छलफल गरी ज्ञापनपत्र बुझाएका थिए ।

हिजो मात्र नेपालगंजको एक पिछडिएको मुस्लिम वस्तीमा पुगेर अध्यक्ष दत्तले त्यहाँको अवस्था बारे जानकारी लिएका छन् । संबैधानिक निकायका प्रमुख जस्तो व्यक्तिले आफै टोल–टोल, घर–घर , ठाउँ–ठाउँ पुगेर समस्याको बारे जानकारी लिदै समाधानको उपाय खोज्दा आयोग गतिशील बन्दै गएको छ ।

‘हाम्रै नेपाल : हाम्रै आयोग’ भन्ने सोच सबैमा हुनुपर्दछ र अनि बन्नेछ ‘सुखी तथा समृद्ध नेपाल’

प्रतिक्रिया दिनुहोस्