१० असार २०७६, काठमाडौं
ब्राजिलियन स्ट्राईकर नेईमार पेरिस सेन्ट जर्मेन (पएसजी) बाट पुनः बार्सिलोना फर्कने भएका छन् । स्पेनिस मिडिया स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टामेउ र नेइमारले पाँच वर्षका लागि सम्झौता गरेको जनाईएको छ ।
पछिल्लो पटकको लगातार चोट र पिएसजीमा सोचे अनुरुपको सफलता नपाएपछि नेइमारले ५० प्रतिशत तलब कम गरेर बार्सिलोना फर्कने निधो गरेका हुन् । सन् २०१७ मा उनी विश्वकै महङ्गो खेलाडी ठहरिएका थिए । जसकारण उनी बार्सिलोनाबाट १९८ मिलियन पाउण्डमा पिएसजीमा अनुबन्धित भएका थिए ।