११ असार २०७६, काठमाडौँ
अहिले जताततै चर्चित गीत गलबन्दी को विवादको चर्चा चलिरहेको छ । गलबन्दी गीत शम्भू राईको आउँ नाचौँ बोलको गीतसँग मिल्न गएको भन्दै विवद सुरु भएको हो । शम्भूले गीत चोरेको भन्दै प्रकाशको विरुद्धमा मुद्दा समेत हालेका छन् ।
धेरैले प्रकाशको पक्षमा बोलेका छन् भने केहीले शम्भूको पनि साथ दिएका छन् । यस बिचमा चर्चित लोक गायिका ज्योति मगरले पनि केही बोलेकी छिन् । ज्योतिले प्रकाशको समर्थन गर्दै यस विषयमा बोलेकी छिन् । उनले लोकसंगीत हामी सबैको साझा सम्पत्ति भएकाले यस विषयमा विवाद गर्न जरुरी नभएको बताएकी छिन् ।
उनले प्रकाशको गीत शम्भूको गीतसँग ठ्याक्कै नमिल्ने भएकाले मुद्दा नै हाल्न चाहिँ जरुरी नभएको बताइन् । उनले यो सानो कुरालाई ठूलो बनाइएको समेत बताइन् । उनले यहाँ गोरु जुधाउने काम भैरहेको पनि बताइन् । उनले अब मुद्दा हाल्दै जाने हो भने मिल्दोजुल्दो भाका धेरै भेटिने कुरा बताएकी छिन् ।