११ असार २०७६, काठमाडौं
गत हप्ता प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक माउरिजियो सारीले क्लब छाडेर युभेन्टस गएपछि नयाँ प्रशिक्षकको रुपमा क्लबमा को भित्रिने हो भन्ने सवैमा चासोको विषय बनेको
थियो ।
चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्धित गर्ने अन्तिम तयारी गरिरहेको छ ।
इङ्गलीस पत्रिका द सनका अनुसार लाम्पार्ड र चेल्सीबीच प्रति सिजन ५.५ मिलियन पाउण्ड पारिश्रमिक लिने गरी सम्झौता हुने भएको छ ।
लाम्पार्डले आउदो केहि दिनमा नै चेल्सीको प्रशिक्षक पद सम्हाल्ने बताइएको छ ।