जातीय कुरा उठेपछि भावुक हुँदै प्रकाशले फेसबुकमा लेखे यस्तो मनछुने स्टाटस



११ असार २०७६, काठमाडौँ

प्रकाश सपूत यतिबेला चारैतिरबाट विवादमा मुछिएका छन् । उनको एकपछि अर्को गीतको आलोचना भैरहेको छ । गलबन्दी गीतको विवाद चर्किरहदा उनको अर्को गीतलाई पनि चोरीको आरोप लागेको छ ।

त्यतिमात्र नभएर अहिले त उनको जातलाई लिएर पनि विवाद सुरु भएको छ । केही व्यक्तिले उनको जातलाई लिएर निकै असभ्य शब्द प्रयोग गरेर प्रकाशलाई गाली गरेका छन् । प्रकाशलाई दलित अछुतले आफ्नो जात जनाएको समेत भनिएको छ । यो कुराले प्रकाशको निकै चित्त दुखेको पनि छ ।

हुन पनि अहिलेको समयमा जातीय विभेद गर्नु राम्रो भने पक्कै पनि होइन । यसैबीच प्रकाशले आफ्नो अफिसियल फेसबुकमा निकै भावुक स्टाटस लेखेका छन् । प्रकाशले अहिलेको समयमा आएर जातीय विभेद छुट्याउनु भनेको आफैँमा लाजमर्दो कुरा भएको बताएका छन् । उनी अहिले तनावमा छन् । यता शम्भूले गीत चोरेको आरोपमा प्रकाश विरुद्ध मुद्दा हालेका छन् भने केहीले प्रकाशको जातलाई लिएर मजाक बनाइरहेका छन् ।

यस्तो छ प्रकाशको स्टाटस–

समय समयमा यसरी अपत्यारिलो रुपमा समाजमा उठेका विषयहरु माथी बहस हुन जरुरी छ १ यसले परिवर्तनका  निम्ती ठुलो भुमिका खेल्छ । जस्तो स् नेपालमा गितसंगितको औपचारिक रेकर्ड र व्यवसाय शुरु भएको यतिका वर्ष सम्म पनि कपिराईट सम्बन्धि स्पस्ट कानुन नहुनु दुखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धि वृहत बहस हुनु जरुरी छ । नया र स्पस्ट कानुन बन्नु जरुरी छ । लोक गितको विषयमा त झन गम्भिर हुनु जरुरी छ । किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचान संग जोडिएको विषय पनि हो । जातिए विभेद सम्बन्धि अझै ठुलो बहस हुनु जरुरी छ । यो समयमा पनि जातिय बिषयमा वहस गर्नु पर्ने लड़ाई गर्नु पर्ने बाध्यता  आधुनिक विश्व समाजमा नेपालको लागि सारै लाजमर्दो र दुर्भाग्य पुर्ण कुरा हो । यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पधेरामा तर्काएर कतै समाजिक सन्जालमा होच्याएर गरिने विभेदका नया नया ठाउ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोहि अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि  जरुरी छ ।

यो दुईवटै विषयको बहसलाई जारी राखौ र  निरन्तरता दिउ ।

एउटा टुङगो मा पनि पुर्याउ । त्यसमा अझै मिल्छ भने यो सामाजिक सन्जालको विषय पनि थपौ तर १ तर अलिक समय लिएर एउटा ठुलो समुहले अझै भनौ राज्य स्तरले छलफल र बहस गर्नु पर्ने यि गम्भिर विषयहरुमा एउटा सम्मानित जिवन बाचिरहेको अग्रज स्रष्टाको आत्मसम्मान  र आखा भरी सपना र उर्जा लिएर आएको अर्को स्रष्टाको सिर्जनशिल समय वर्वाद हुनुहुदैन भन्ने हो ।  अरु जस्तै हाम्रो पनि  सामान्य जिवन यापन र परिवारमा ठुलो समस्या आउनुत भएननी ।

त्यसैले पहिला यो मुख्य समस्या जे हो त्यसलाई टुङ्गोमा पुर्याउने हो  कि रु । व्यक्तिगत रुपमा यो समस्या समाधान गरे पछि मात्रै संगित सम्बन्धि स्रस्टाहरु, संस्थाहरु संग बसेर कपिराईट सम्बन्धि छलफल र बहस गर्ने र जातिय रुपमा विभेद भोगिरहेका आफ्नो समुदाय संगै मिसिएर आवाज उठाउने प्रण गर्दछु । त्यसैले फेरी एक पटक स्पष्ट भन्छु – नआउनु समस्या आईहाल्यो यसले यदि भेगिय जातिय राजनीतिक रुप लियो भने दर्शक स्रोताले हामी दुईलाई  मात्रै होईन सम्पुर्ण सर्जक स्रष्टा कलाकारलाई विभिन्न खेमामा बाड़ेर हेर्नेछन । साझा माया र लोकप्रियता सबैको घट्दै जानेछ ।

त्यसैले व्यक्तिगत रुपमा शम्भु राई सरको कुरा  सम्बोधन हुने गरि हामी बिचको समस्या समाधान गर्ने अनि मात्रै यो घटनाबाट उब्जिएका अत्यन्त गम्भिर तर अस्पष्ट विषयहरु माथि तपाईहरु संगै  जोडिएर  बहसमा बस्ने मनसाय भएको हुदा बुधवार सम्मका लागि व्यक्तिगत रुपमा मैले रेस्पोन्स गरेन, यि विषयहरुलाई ईग्नोर गर्यो, संस्थागत भएन जस्ता गुनासाहरु नगरिदिनु होला । पहिलो कुरात म मानसिक रुपमा एकदमै विचलित भएको छु अन्य विषयहरुमा ध्यान जान सकेको छैन । अर्को कुरा म चाहन्छु कुनै भेगिय, जातिय, धार्मिक र राजनैतिक प्रभाव नपरिकन सकेसम्म संगित सम्बद्ध संघसंस्था, संगितकर्मिहरु र रजिष्स्टार कार्यलयको रहोबरमा यो भाका विवाद मिलोस ।

हालको यो संगितको मुद्दालाई संगितकै तर्कमा ढालौ । खासमा यो  सामाजिक सञ्जालका कुरा तातिन्छ र सेलाउछ भनेर यसलाई मैले सामान्य रुपमा लिएको थिए । तर यसले व्युत्पन्न गरेका विषयहरु असामान्य बन्दै गईरहेका छन । त्यसलाई समाधान गर्नै पर्छ ।  शुभेच्छा दिनुहुने  तपाईहरु सबै सबै प्रति कृतज्ञ छु । कृपया विषय प्रसंगलाई जटिलता तर्फ भन्दा पनि समाधानका लागि सकरात्मक र रचनात्मक भुमिका खेल्नुहुन तपाईहरु सबैसबैमा अनुरोध छ । एकबारको जुनिमा  खुसीले बाचौ। मिलेर बसौ ।

धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्