११ असार २०७६, काठमाडौँ
सलमान खान बेला बेलामा विवादमा आइरहने सेलिब्रेटि हुन् । उनी रियल लाइफमा निकै रिसालु भएको धेरैले बताएका छन् । सलमानको मन जति सफा भएपनि उनको रिस भने निकै कडा छन् । रिस उठेको बेला उनी के गर्छन् स्वयम उनलाई नै थाहा हुँदैन ।
सलमान धेरैपटक कुटपिट गरेको आरोपमा अदालतसम्म पुग्नु परेको छ । फेरि एकपटक सोहि घटना दोहोरिएको छ । उनी विरुद्ध कुटपिट गरेको आरोप लागेको छ । सलमान विहान साइकल चलाउँदै वाकमा गइरहँदा एक व्यक्तिले कारबाट उनको भिडियो बनाउन थालेका थिए ।
यो देखेर सलमान खान निकै रिसाए र उनले उनका बडिगार्डलाई ती व्यक्तिलाई कुट्नको लागि अनुमति दिए । कुटाई खाएपछि ती व्यक्तिले सलमानको विरुद्धमा मुद्दा हालेका छन् । उनले पुलिसले आफ्नो कम्प्लेन नलेखेपछि अदालतमा गएर सलमान विरुद्ध आफूले मुद्दा हालेको बताएका छन् ।