प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिमा एपिएफको कब्जा



११ असार २०७६, कञ्चनपुर

कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले उपाधिमा कब्जा जमाएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सुदुर पश्चिमले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई ७२ रनको लक्ष्य दिएको थियो । जफावमा एपीएफले १४ ओभरमा चार विकेट गुमाई ७४ रन बनाउन सफल भएको थियो ।

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रतियोगितामा विजेता टोलीले  रु चार लाख पुरस्कार प्राप्त गरेका छन् भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ र सात प्रदेश सहित आठ टोली सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्