११ असार २०७६, काठमाडौं
‘इरानी मेस्सी’को पहिचान बनाएका रेजा पारास्तेसलाई विश्वविख्यात फुटबल स्टार लिओनल मेस्सीको नाम लिएर २३ युवतीसँग यौनसम्बन्ध राखेको आरोप लागेको छ ।
ठीक मेस्सीजस्तै देखिने पारास्तेजले यसको गलत फाईदा उठाई ति युवतीहरुलाई शोषण गरी यौन सम्बन्ध बनाएको स्पेनको एक पत्रिकाले जनाएको छ ।
सामाजिक संजालमा यो खबर भाइरल भएसँगै पारास्तेसले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले इन्स्टाग्राम मार्फत सन्देश लेख्दै पत्रिकाले लगाएको आरोपको खण्डन गरेका हुन् । साथै उनले आफ्नो छवि र प्रसिद्धिमाथि खेलवाड नगर्न समेत पत्रिकालाई चेतावनी दिएका छन् ।