१२ असार २०७६, काठमाडौँ
सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लिङ्गतर्फ आकर्षक हुने कुरा हो । तर प्रेम विपरित लिङ्गबिच मात्र नभएर एउटै लिङ्गबिच पनि हुन सक्छ । आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् ।
समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन । हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ । अहिले सामाजिक सञ्जालमा एक समलिङ्गी जोडी निकै भाइरल भैरहेका छन् ।
झापा दमकमा बस्दै आएका अनुभव दर्जी र रुपक गिरी गे कपल हुन् । उनीहरु दुवै केटा हुन् । तर दुई श्रीमान् श्रीमती भएर बसेको झण्डै २ बर्ष बितिसकेको छ । यो दुई बर्षको अन्तरालमा यो जोडीले समाजको निकै अपहेलना सहनु परेको छ । छक्का हिजडा भनेर धेरैले उनीहरुलाई भन्ने गरेका छन् । अझ उनीहरुको घर वरपर आफ्ना छोराछोरीलाई समेत बाबुआमा पठाउन असहज ठान्छन् ।
समाजको अपहेलना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ । उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो सेक्ससम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छक्का हिजडा भन्दा मर्न मन लाग्ने कुरा समेत उनीहरुले बताए । तर परिवारबाट पनि धेरै सपोर्ट पाएकाले आजभोली समाजले जे भनेपनि आफूलाई फरक नपर्ने उनीहरुले बताएका छन् ।
प्रेम भनेको विपरित लिङ्गप्रति हुने आकर्षण मात्र नभएर मनको सम्बन्ध भएको कुरा यो जोडीले प्रमाणित गरेका छन् । अहिले हाम्रो समाजमा यस्ता थुप्रै जोडीहरु छन् जसले आफ्नो प्रेम खुलेर बताइरहेका छन् ।