विश्वकै गरिब राष्ट्रपतिको श्रीमती पनि राष्ट्रपतिमा निर्वाचित भएपछि



१२ असार २०७६, काठमाडौँ

उरुग्वेका पूर्व राष्ट्रपति होजे मुहिकालाई विश्वकै गरिब राष्ट्रपति भनेर चिनिन्छ । उनी अत्यन्त साधारण जीवनशैली विताउँदै आएका छन् ।

राजनीतिबाट रिटायर हुँदा उनले पेन्सन लिन पनि अस्वीकार गरेका थिए । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनी सन् २०१५ देखि उरुग्वेको सांसद् पनि भए। तर, उनले आफ्नो कार्यकाल सकिनु अगाडि नै राजिनामा दिएका थिए ।

अहिले उरुग्वेकी उपराष्ट्रपति उनकै पत्नी लुसिया तोपोलांस्की छिन्, लुसियालाई नै मुहिकाले राजिनामा बुझाएका थिए ।

वामपन्थी विचारधाराका मुहिका सिधा र रचनात्मक भाषामा आफ्ना कुरा राख्ने स्वभावका कारण  उरुग्वेमा निकै प्रिय छन् ।

राष्ट्रपति हुँदा आफ्नो सबै तलब दान गरेका मुहिकाले विशाल राष्ट्रपति भवनमा बस्न इन्कार गरेका थिए । त्यतिबेला देखि नै उनी पत्नीसँग एउटा फार्म हाउसमा बस्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्