१२ असार २०७६, काठमाडौं
इङ्गल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज (बिहिबार) भारत र वेस्ट इन्डिज भिड्दैछन ।
दुवै टोलीलाई सेमिफाइनल पुग्नका लागि निकै महत्वपूर्ण मानिएको यो खेल ओल्ड ट्राफोर्ड स्टेडियममा साँझ हुनेछ ।
सन् १९८३ र २०११ को विश्वकप विजेता टोली भारत यसपाली पनि निकै नै फर्ममा रहेको छ । विश्वकपमा पहिलो र दोस्रो संस्करणको विजेता वेस्ट इन्डिज पनि बलियो टोली हो । तर विश्वकपमा टिकि राख्न वेस्ट इन्डिजलाई भारतविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ ।
पाकिस्तानले न्यूजिल्याण्ड विरुद्धको खेलमा निकालेको अप्रत्यासित नतिजाले पाकिस्तानलाई सेमिफानलको आशा जिवितै राखे जस्तै वेस्ट इण्डिजलाई पनि यस्तै जितको खाँचो रहेको छ ।
क्रिकेट विश्लेषहरुका अनुसार गर या मरको स्थितीमा रहेको वेस्ट इण्डिज र उत्कृष्ट लयमा रहेको भारत विचको खेल निकै नै रोमाञ्चक हुने जनाईएको छ ।