अन्ततः अर्जुनको हात समात्दै मलाइकाले स्वीकारिन् अर्जुनसँगको प्रेम



१२ असार २०७६, काठमाडौँ

मलाइका बलिउडमा आइटम गर्लको रुपमा परिचित छिन् । उनले थुप्रै गीतमा आइटम डान्स गरिसकेकी छिन । उनी सलमानकी पूर्व बुहारी पनि हुन् । सलमानका भाई अरवाजसँग डिभोर्स गरेपछि अहिले मलाइका बलिउडका चर्चित अभिनेता अर्जुन कपुरसँग प्रेमसम्बन्धमा छिन् ।

अर्जुन र मलाइकाले आफ्नो प्रेमलाई स्वीकार नगरे पनि उनीहरुको व्यवहारले उनीहरु प्रेममा भएको स्पष्ट देखिन्छ । केहीदिन अघिमात्र अर्जुन र मलाइका अर्जुनको जन्मदिन मनाउनको लागि न्यूयोर्क गएका थिए । मलाइका सामाजिक सञ्जालमा आफ्नो र अर्जुनको तस्बिर सेयर गर्दै उनलाई जन्मदिनको शुभकामना पनि दिएकी थिइन् ।

मलाइकाले अन्ततः अर्जुनसँगको प्रेम स्वीकारेकी छिन् । अर्जुन र मलाइकाको छिट्टै नै विवाह हुने कुरा थियो । तर पछि दुवैको कुरा नमिलेपछि विवाह भने केही समय पछि नै हुने भएको छ । अहिले अर्जुन र मलाइका एकअर्काको प्रेममा नै रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्