१२ असार २०७६, काठमाडौँ
चर्चित लोक गायिका तथा राष्ट्रिय सभा सांसद कोमल वली अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छिन् । चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन्। वली को परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकित्सकको निगरानीमा राखिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी हाल राष्ट्रिय सभाकी सांसद हुन् ।आवाजकी धनी उनले नेपाली सांगीतिक क्षेत्रमा निकै राम्रो छवि बनाएकी छिन् भने अहिले देशको केन्द्रिय राजनीतिमा सक्रिय छिन् ।