प्रम ओलीद्वारा महावाणिज्यदुतहरुसँग भेटघाट तथा छलफल



१२ असार २०७६, काठमाडौं

आज बिहिबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्यदुतहरुले भेटघाट तथा छलफल गरेका छन् ।

भेटघाट तथा छलफलमा प्रधानमन्त्री ओलीले महावाणिज्यदुतहरुलाई नेपालमा बैदेशिक लगानी भित्र्याउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा दुई पक्षीय ब्यापार बढाउनुको साथै देशमा लगानी, पूँजी र प्रविधि भित्र्याउन कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरेकोे प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी गराएका छन् ।

डा. राजन भट्टराईले, ‘भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितीको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा रहेको जनाए ।

“कतिपय स्थितीमा उनीहरुलाई नेपालको तर्फबाट त्यहाँ गर्नु पर्ने सहयोग र त्यहाँको सरकारबाट दिलाउनु पर्ने सहयोग, सुरक्षाको बिषय, कही कुनै कुनै बेलामा उनीहरुको भ्रमणको बारेमा समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो सहयोगलाई कसरी प्रभावकारी बनाउनु पर्दछ भन्ने प्रधानमन्त्रीको धारणा छ” डा. भट्टराईले भने, ‘प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगलाई धन्यवाद दिनुभएको छ ।’

भेटघाट तथा छलफलमा नेपाल भ्रमण बर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि व्यापक छलफल भएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्