१३ असार २०७६, काठमाडौं
कोपा अमेरिका अन्तर्गत शुक्रबार विहान भएको क्वाटरफाइनल खेलमा आयोजक ब्राजिलले पराग्वेलाई पराजित गरेको छ । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि ब्राजिलले पेनाल्टी सुटआउटमा पराग्वेलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
जारी कोपा अमेरिकामा ब्राजिलले सेमिफाइनल चरणको खेल भेनेजुएला र अर्जेन्टिनाबीचको विजेतासँग खेल्नेछ ।