१३ असार २०७६, काठमाडौँ
नायिका करिश्मा मानन्धर एसईई परीक्षामा राम्रो अङ्क आएपछि अहिले निकै हर्षित छिन् । यसका साथै उनले अब प्लस टु पनि निकै मेहेनत गरेर पढ्ने बताएकी छिन् । करिश्माले एसईई बोर्डिङ स्कुलबाट दिएकी थिइन् ।
उनले अब आफू प्लस टु भने सरकारी कलेजमा पढ्ने बताएकी छिन् । उनले आफूलाई ठूला ठूला प्राइभेट कलेजबाट अफर आइरहेको तर आफू भने सरकारी कलेजमा नै पढ्ने ठोकुवा गरेकी छिन् ।
उनले सरकारी स्कुल कलेजहरु प्राइभेटको दाँजोमा पिछडिएको बताएकी छिन् । उनले सरकारी स्कुल कलेजहरुलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने पनि बताइन् । उनले प्राइभेटमा पढ्दा मात्र पढाई राम्रो हुन्छ भन्ने कुरा नभएको बताइन् । उनले मेहेनत गर्ने विद्यार्थी जहाँ पढेपनि सफल हुन सक्ने पनि बताइन् ।