१४ असार २०७६, काठमाडौँ
केहीदिन अघिमात्र एसईई को नतिजा सार्वजनिक भएको थियो । यसपाली राष्ट्रिय स्तरका कलाकारदेखि राजनीतिक क्षेत्रका व्यक्तिसम्मले एसईई दिएका थिए । त्यस्तै यसपाली ओखलढुङ्गा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको गोठाटार बस्ने युगमाया कार्कीले नातिसँगै एसइई परीक्षा दिएकी थिइन ।
६९ बर्षको उमेरमा एसइई दिएकी युग माया कार्की ‘डी’ प्लस ग्रेड सहित उतिर्ण भएकी छिन ।कार्कीले १.५ जीपीए ल्याएकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।