१४ असार २०७६, काठमाडौं
ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गतको शनिबार विहानको खेलमा अर्जेन्टिनाले भेनेजुएलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफानलमा प्रवेश गरेको छ ।
भेनेजुएला विरुद्धको खेलमा अर्जेन्टिनी टोलीका लौटारो मार्टिनेजले खेलको १० औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि ७४औं मिनेटमा जिओभानी लोकेल्सोले गोल गर्दै अर्जेन्टिनी टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।
जारी कोपा अमेरिकामा अब अर्जेन्टिनाले सेमिफाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।