सबैभन्दा राम्रो नाच्ने १० नेपाली नायिकाहरु



१४ असार २०७६, काठमाडौँ

नेपाली चलचित्र क्षेत्रमा यस्ता नायिकाहरु पनि छन्, जो सर्वगुण सम्पन्न छन् । एउटा राम्रो नायिका हुनको लागि नृत्यमा पनि पोख्त हुनु जरुरी छ  । आज हामी नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा राम्रो नाच्ने १० नायिकाको बारेमा चर्चा गर्नेछौँ ।

१०. केकी अधिकारी

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित र व्यस्त नायिका हुन्  । उनी राम्रो अभिनय मात्र नगरेर निकै राम्रो नाच्छिन् पनि  । केकी अधिकारीले डान्स गर्दा निकै राम्रो एक्सप्रेशन दिने गरेकी छिन् । जसले दर्शकलाई मोहित बनाउने गरेको छ ।

९. रेखा थापा

रेखा थापा कुनै समयकी चर्चित नायिका हुन् । रेखा पनि अभिनयमा मात्र नभएर डान्समा पनि पोख्त छिन् । उनले जस्तो खालको डान्स पनि सजिलै गर्न सक्छिन्  । त्यसैले उनलाई राम्रो नाच्ने नायिकाको रुपमा हेरिन्छ ।

८. जसिता गुरुङ

जसिता गुरुङ नेपाली चलचित्र क्षेत्रमा आएको धेरै समय भएको छैन  । तर उनको फ्यान फलोइङ भने निकै राम्रो रहेको छ । जसिता गुरुङ पनि निकै राम्रो नाच्ने अभिनेत्रीमा पर्छिन् ।

७.बेनिशा हमाल

बेनिशा हमाल सानैदिन नाच्नमा पोख्त थिइन्  । उनलाई शास्त्रीय नृत्य गर्न खुब मनपर्छ  । बेनिशाले धेरै शास्त्रीय नृत्य गर्ने गरेकी छिन् । त्यसबाहेकका अरु डान्स फर्म पनि उनले गर्न सक्छिन् ।

६.साम्राज्ञी राज्यलक्ष्मी शाह

साम्राज्ञी निकै राम्रो नाच्छिन् । त्यसबाहेक उनको एक्सपेशनले सबैलाई भुतुक्कै बनाउँछ । साम्राज्ञी पनि सबै खालका डान्स गर्न सक्ने अभिनेत्रीमा पर्छिन् ।

५.शिल्पा पोखरेल

म्यूजिक भिडियो हुँदै चलचित्रमा आएकी नायिका शिल्पा पोखरेल पहिलेदेखि नै नाच्न सिपालु  थिइन् । डान्स गर्दा उनको एनर्जी निकै राम्रो रहेको हुन्छ ।

४. स्वस्तिमा खड्का

स्वस्तिमा खड्काको कुरा गर्ने बित्तिकै सबैलाई सुरुमा कुटु मा कुटु गीत नै याद आउँछ । उनले कुटु मा कुटु गीतमा निकै राम्रो नाचेकी पनि थिइन् । त्यहाँ बाट नै उनले राम्रो नाच्छिन् भन्ने कुरा थाहा हुन्छ ।

३. निता ढुङ्गाना

निताको डान्सको फ्यान निकै रहेका छन् । उनले आफ्नो डान्सले नै दर्शकको असाध्यै माया पाएकी छिन् । उनको डान्समा पनि एक्सप्रेशन सबैभन्दा राम्रो हुन्छ ।

२. आँचल शर्मा

नायिका आँचल शर्माले थुप्रै डान्सिङ गीतहरुमा नाचिसकेकी छिन् । उनले पनि सबै खालका डान्स गर्न सक्छिन्  । उनको डान्सको फ्यान धेरै रहेका छन् ।

१.प्रियंका कार्की

नेपाली चलचित्र क्षेत्रमाा सबैभन्दा राम्रो नाच्ने नायिकाको लिष्टमा प्रियंका कार्कीको नाम अग्रस्थानमा आउँछ । प्रियंका निकै राम्रो नाच्ने गर्छिन् । उनी एक रियालिटी शो को जर्ज समेत बनिसकेकी छिन् । उनले हरेक प्रकारका डान्स गर्न सक्छिन् ।

प्रतिक्रिया दिनुहोस्