कोपा अमेरिका : पेनाल्टी सुटआउटमा चिलीसँग कोलम्बिया पराजित



१४ असार २०७६, काठमाडौं

ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गतको खेलमा डिफेन्डिङ्ग च्याम्पियन चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको छ ।

निर्धारित ९० मिनेटको खेल गोर रहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धेकेलिएको थियो । जसमा चिलीले कोलम्बियालाई पराजित गर्दै सेमिफानलमा प्रवेश गरेको
छ ।

यसअघि लगातार दुई पटक उपाधि जितेको चिलीले उरुग्वे र पेरुबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्