अब पहिरनका कारण विवादमा पर्न चाहन्नन् बर्षा



१५ असार २०७६, काठमाडौँ

नायिका बर्षा राउत केहीसमय अघि आफूले लगाएको पहिरनका कारण नराम्रोसँग आलोचित हुन पुगिन् । उनको पहिरनलाई लिएर नराम्रा ट्रोलहरु पनि बनाइयो । बर्षाले सुरुमा आफूलाई यो विषयमा बोल्नु छैन भनेकी थिइन् तर उनले पछि  त्यो विवादले आफूलाई असर परेको पनि खुलाएकी थिइन् ।

अहिले भने बर्षा पहिरनमा ध्यान दिन थालेकी छिन् । हुन त बर्षा पहिरनका कारण विवादमा आएको सायद त्यो पहिलो चोटी थियो । उनी सधैँ आफूलाई सुहाउने र दर्शकले पनि रुचाउने पहिरन लगाउने गर्छिन् । तर उनलाई अस्तिको विवादले भने डर देखाइदिएको छ । त्यसैले उनी अब पहिरनका कारण विवादमा आउन चाहन्नन् । अस्ति मात्र भएको चलचित्र आप्पा को प्रिमियरमा पनि उनी सिम्पल कुर्था सुरुवालमा नै देखिएकी थिइन् । उनी कुर्थामा नै बढी राम्री पनि देखिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्