१५ असार २०७६, काठमाडौँ
धेरै समयदेखि चलिरहेको गलबन्दी विवाद सकिएको छ । अन्त्यमा प्रकाशले शम्भू राईको नाम गीतमा संगीतकारको रुपमा राखिदिएका छन् । विवाद त सकियो तर प्रकाश खुसी भने छैनन् ।
गलबन्दी विवादले कतै न कतै प्रकाशको स्टारडममा ठेस भने पुर्याएको छ । उनको निकै राम्रो क्रेज भैसकेको थियो । तर गलबन्दी विवाद सुरु भएपछि उनलाई माया गर्ने दर्शक पनि भड्किएका छन् । प्रकाश गलबन्दी को सफलतासँगै थप जोस जाँगरका साथ काम गर्ने सोचमा थिए । तर यस विवादले उनको काममा बाधा पुर्याएको छ ।
प्रकाशको गीतलाई चोरीको आरोप मात्र लागेन उनको जातलाई लिएर पनि गाली दिइयो । यो सबै कुराले गर्दा प्रकाशको हिम्मत केही टुटेको छ । उनले गर्छु भनेका कामहरु पनि रोकेका छन् ।
प्रकाशले यो सबै कुराले आफू मानसिक रुपमा विचलित भएको बताएका छन् । उनले अब केही समय आफू केही नगरी बस्ने बताएका छन् । प्रकाशले आफूलाई रिकभर हुन केही समय लाग्ने पनि बताएका छन् ।