पादलाई पनि सुगन्धित बनाउने बन्यो अचम्मको औषधी



१५ असार २०७६, काठमाडौँ

मानिसले मात्र नभएर सबै प्राणीले ग्यास छोड्ने गर्छन् । बस फरक यत्ति हो कसैले अलि बढी ग्यास छोड्छन् त कसैले थोरै । यस्तै केही मानिसलाई पाद धेरै गन्हाउने समस्या भैरहेको हुन्छ ।

अब चाहीँ बढि पाद आउने समस्या भएका हरुका लागि खुसीको खबर छ । एउटा यस्तो औषधि तयार भएको छ, जुन पादको समस्या भएकाका लागि रामवाण हुनसक्छ ।

फ्रान्सको एउटा कम्पनीले यस्तो औषधि बनाएको दाबी गरेको छ जसले पादको दुर्गन्धलाई सुगन्धमा परिणत गरिदिन्छ ।

अपानवायुको दुर्गन्धलाई सुगन्धमा बदल्ने त्यो अनौठो औषधि क्रिस्टियन पोन्चेवल नामका एक जना वैज्ञानिकले आविष्कार गरेका हुन् ।

पश्चिमी फ्रान्समा बस्ने क्रिस्टियनले आविष्कार गरी उनको कम्पनीले उत्पादन गरेको सो औषधिले पादलाई गुलाब वा चकलेटको बासनामा परिणत गरिदिन्छ ।

अब धेरै पाद गन्हाउने मानिसले डराउनु पर्दैन । आजको वैज्ञानिक युगले एउटा राम्रो औषधीको आविष्कार गरेको छ । सुन्दा यो कुरा अचम्म लागेपनि यो समस्या भोग्दै आएका मानिसहरुलाई यो कुराले पक्कै पनि खुसी दिएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्