१६ असार २०७६, काठमाडौं
इङ्गल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अपराजित रहेको भारत आयोजक इङ्गग्याण्डसँग स्तब्ध भएको छ ।
आइतबार राति सम्पन्न खेलमा इङ्गल्याण्डसँग भारत ३१ रनले पराजित भएको हो । भारतले सन् १९९२ पछि विश्वकपमा पहिलोपटक इङ्गल्याण्डसँग हार बेहोरेको हो । यो जित सँगै इङ्गल्याण्ड जारी विश्वकपमा फेरी लयमा फर्किएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग रोजेको इङ्गल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३७ रन बनाएको थियो । जवाफमा भारतले ५० ओभरमा पाँच विकेट गुमाई तीन सय ६ रन बनाएको थियो ।
जारी विश्वकप क्रिकेटमा पहिलो हार खेपेको भारत ७ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने आठ खेलमा सकेको इङ्गल्याण्ड १० अंक सहित चौथो स्थानमा रहेको छ ।
भारतसँगको जितले इङ्गल्याण्डलाई सेमिफाइनल पुग्ने सम्भावना कायमै गराएको छ ।