पटक–पटक यौन शोषण भएपछि घरमै डाक्टर बोलाएर मृत्यु रोजिन् १७ बर्षिया किशोरीले



१७ असार २०७६, काठमाडौँ

जन्मेपछि एकदिन हामी सबैजना मर्नैपर्छ । यो संसारको नियम नै हो । बाचुन्जेल हाम्रो जीन्दगीमा धेरै उदारचढाव आउने गर्छन् । बस कसैले आफ्नो जीन्दगीमा आएका उदारचढावको सामना गर्न सक्छन् त कसैले सक्दैनन् । जसका कारण उनीहरुले हरेश खाएर मृत्यु रोज्ने गर्छन् ।

हुन त मृत्यु मात्र समस्याको समाधान होइन तर कतिपयले मृत्युलाई नै समस्याको समाधान सोच्छन् तर आत्महत्या गर्छन् । अहिले यस्तै एउटा घटनाले सामाजिक सञ्जालमा निकै स्थान पाइरहेको छ ।

नेदरल्याण्डको राजधानी एमस्टरड्याममा बस्दै आएकी १७ बर्षिया नोआ पार्टहोवेनले घरमै डाक्टर बोलाएर आफ्नो ज्यान दिएकी छिन् । मात्र १७ बर्षकी नोआको कथाले सबैले आँखा रसाउँछ । सानो उमेरमा नै उनी यौनशोषणको सिकार हुन पुगिन् । उनी ११ बर्षकी हुँदा उनको बलत्कार भएको थियो । जुन घटनाबाट बाहिर निस्कन उनलाई निकै समय लागेको थियो । फेरि १४ बर्षकी हुँदा उनीमा पुनः यौनशोषण भयो । यसपटकको घटनाले उनी डिप्रेशनमा गइन् ।

नोआले धेरैपटक कोशिस गर्दापनि आफूलाई त्यो घटनाबाट बाहिर निकाल्न सकिनन् । उनलाई भोक र निन्द्रा लाग्न छोडेको थियो । अन्त्यमा आफू अब यो घटनालाई कहिल्यै बिर्सन नसक्ने भएपछि उनले मृत्यु रोजिन् । उनले घरमा नै डाक्टर बोलाएर स्वइच्छाले संसार छाडिन् ।

प्रतिक्रिया दिनुहोस्