ललित स्मृति कप यू–१८ च्याम्पियनसिपमा एपीएफसँग थ्रीस्टार स्तब्ध



१७ असार २०७६, काठमाडौं

ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विभागीय टीम एपीएफले विजयी सुरुवात गरेको छ ।

एन्फा मैदान सातदोबाटोमा सम्पन्न खेलमा एपीएफले थ्री स्टार क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा रन्जन पुनले दुई गोल गरे । विपिन थापा मगर, समिरज थोकर र रोशन प्रधानले एक–एक गोल गरेका थिए । थ्रीस्टारका दिप्सन राउत र सुमन श्रेष्ठले गोल गरेका थिए ।

समूह ‘बी’ रहेको एपीएफले पहिलो जितसँगै तीन अंक बनाएको छ । दुई खेल सकेको थ्रीस्टारको यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्