दाइजोमा १ करोड नपाएपछि बेहुलाले रोके विवाह, मण्डपबाट बिचमै उठे



१७ असार २०७६, काठमाडौँ

समाजबाट अहिले पनि दाइजोको प्रथा हटेको छैन । भन्न त अहिले दाइजो प्रथा छैन भनिन्छ तर दाइजोबिना विवाह नै नहुने अवस्था अहिले पनि छ । यस्तै घटना भारतमा घटेको छ ।

भारतको उत्तरप्रदेश स्थित सानो गाउँमा रहने एक युवतीको विवाह दाइजोको कारण रोकिएको छ । बैकंमा काम गर्ने ती युवतीको विवाह एक बिजेनेशम्यानसँग हुने भएको थियो । सुरुमा बेहुलाको परिवारले सबैका लागि सुनको सिक्री र पाँच तारे होटलमा पार्टी दिनुपर्ने बताएका थिए । गरिब नै भएपनि बेहुलीको परिवारले छोरीको खुसीको लागि त्यति गर्नको लागि तयार भएको थियो ।

विवाह हुनुभन्दा २ दिन अघि बेहुलाको आमाले १ करोड नदिने भए विवाह नै नहुने बताइन ् । तरपनि बेहुलीको परिवार चुपचाप विवाहको तयारी गरिरहेका थिए । तर १ करोड नपाएपछि विवाहको दिन बेहुला मण्डप नै छोडेर हिडे । अहिले ती युवतीले बेहुलाको परिवार विरुद्ध मुद्दा हालेकी छिन् । प्रहरी त्यसैको छानबिनमा लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्