‘प्रियंका र मेरो विवाहको कुराले मान्छेलाई किन काउकुती लागिरहेको छ ?’ : आयुष्मान जोशी



१७ असार २०७६, काठमाडौँ

आयुष्मान र प्रियंका प्रेममा बसेको लामो समय भैसकेको छ । यी दुईले २ पटक इन्गेजमेन्ट पनि गरिसकेका छन् । यहि असारमा आयुष्मान र प्रियंकाको विवाह हुने कुरा पनि थियो । तर आयुष्मान र प्रियंकाको विवाह यो असारमा नहुने भएको छ ।

प्रियंका र आयुष्मान चर्चित सेलिब्रेटि भएपछि उनीहरुको विवाहबारे दर्शकले चासो राख्नु स्वभाविक कुरा हो । तर आयुष्मानले प्रियंका र मेरो विवाहलाई लिएर मान्छेलाई किन काउकुती लागेको होला? भनेर प्रश्न गरेका छन् । आयुष्मानले प्रियंका र आफूबीच गहिरो माया भएकाले विवाह हुन जरुरी नै नभएको बताएका छन् ।

उनले अहिले प्रिंयका र आफू निकै व्यस्त भएकाले बिहेलाई रोकेको बताए । उनलाई विवाहको लागि खर्च पनि निकै जुटाउनु पर्ने भएकाले त्यसको पनि व्यवस्था आफूले मिलाइरहेको बताए । आयुष्मानले सहि समय आएपछि प्रियंका र आफू विवाह गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्