१७ असार २०७६, काठमाडौं
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले निर्माणाधिन कपन क्याम्पसको अवलोकन गरेका छन् ।
क्याम्पसको अवलोकन गर्दै मन्त्री दुलालले प्रदेश सरकारको सहयोगमा बनेको क्याम्पसको भौतिक प्रगति कस्तो छ ? निर्माण कार्य गुणस्तरीय छ कि छैन ? आर्थिक वर्ष सकिन लागेसँगै काम के कसरी हुँदैछ भन्ने विषयमा जानकारी लिन आएको बताए ।
सामाजिक विकासमन्त्री दुलालले क्याम्पस व्यवस्थापन लगायतलाई भवन राम्रो बनाए सँगै ‘गुणस्तरीय शिक्षा शिक्षा अहिलेको आवश्यकता’लाई ध्यानमा राखी शिक्षामा गुण्स्तर दिन आग्रह गरेका थिए ।
मन्त्री दुलालल लगायतले जोरधारा खानेपानीको स्थलगत अनुगमन समेत गरेका थिए ।
कार्यक्रममा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, कपन क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष कुमार ओझा लगायतको उपस्थिती रहेको थियो ।