भारत र बंगलादेश भिड्दै



१८ असार २०७६, काठमाडौं

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार उपाधि दावेदार टोली भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । एजबास्टन मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित निकाल्दै सेमिफाइनलमा पुग्न प्रयत्न गर्नेछन् ।

जारी विश्वकपमा भारत र बंगलादेशको यो आठौं खेल हो । भारत यस खेलमा जित हात पार्दै सेमिफाइनलमा पुग्ने दाउमा छ । बंगलादेश पनि बलियो भारतलाई हराएर सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । यसअघिका सात खेलमा भारतले पाँच जित, एक हार र एक अनिर्णित नतिजा निकालेको छ । ११ अंक बनाएको भारत तालिकाको दोस्रो स्थानमा छ ।

यसैगरी बंगलादेश तीन जित, तीन हार र एक अनिर्णित नतिजा सहित सातौं स्थानमा छ । बंगलादेशले सात अंक बनाएको छ । यसपटक भारतको ब्याटिङ र बलिङ उत्कृष्ट छ । बंगलादेशको पनि ब्याटिङ र बलिङ दुवै सन्तुलित देखिन्छ । यसअघिका विश्वकपमा भने भारत बलियो रहेको छ । यसअघिका विश्वकपमा यी दुई टोलीबीच तीन खेल भएको छ । जसमा भारतले दुई र बंगलादेशले एक खेल जितेका छन् । सेमिफाइनमा पुग्न दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । त्यसैले दक्षिण एसियाली यी दुई टोलीको भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्