कालो बुट्टे सारीमा कस्ति देखिइन् त स्वस्तिमा ? (फोटो फिचर)



१८ असार २०७६, काठमाडौँ

नायिका स्वस्तिमा खड्का यतिबेला सार्क फिल्म फेस्टिभलका लागि श्रृलंका पुगेकी छिन् । स्वस्तिमा सार्क फिल्म फेस्टिभलमा पहिलो पटक सहभागी भएकी हुन् । सार्क फिल्म फेस्टिभलमा नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र बुलबुल र दिनेश राउत निर्देशित चलचित्र प्रसाद छानिएका छन् ।

दिनेश र स्वस्तिमा दुवै यतिबेला श्रृलंकामा छन् । यस्तै सार्क फिल्म फेस्टिभलको पहिलो दिन नायिका स्वस्तिमा खड्का अभिनीत चलचित्र बुलबुल प्रदर्शन भैसकेको छ । जुलाई ७ सम्म चल्ने फेस्टिभलमा बुलबुल र प्रसादले कुन कुन विधामा अवार्ड हात पार्ने हुन् त्यो हेर्न भने बाकिँ नै छ ।

स्वस्तिमाले सार्क फिल्म फेस्टिभलमा कालो बुट्टे सारी लगाएकी थिइन् । जहाँ उनलाई असाध्यै साधारण र राम्री देखिएकी छ । अहिले स्वस्तिमाको उक्त लुक्सले चौतर्फी चर्चा बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्