दुईवटा बस एकआपसमा ठोकिँदा ४० घाइते



१८ असार २०७६, काठमाडौं

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ स्थित चोरखोलामा दुईवटा बस एकआपसमा ठोकिँदा दुर्घटना भएको छ । दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएका छन् ।

बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं को बस एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर जबराले जानकारी दिए ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुईवटा बसमा सवार ५४ जना मध्ये ४० जना घाईते भएका छन् भने त्यसमा २० जनाको अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको छ भने २० जना लाई चौराह अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्