१८ असार २०७६, काठमाडौँ
नायिका करिश्मा मानन्धरले केहीसमय अघि आफू बाबुराम भट्टराईको पार्टीमा नरहेको स्पष्ट पारेकी थिइन् । यसमा बाबुरामले पनि कुनै प्रतिक्रिया दिएनन् । उनलाई करिश्मा आफ्नो पार्टीबाट निस्किएपनि कुनै दुख लागेको छैन ।
यस्तै बाबुरामको पार्टी भर्खरै छोडेकी करिश्मा प्रचण्डसँग नजिकिएको चर्चा छ । उनले आफू राजनीति क्षेत्रमा सक्रिय रहने भने बताएकी थिइन् । त्यसैले सायद अब उनले प्रचण्डको पार्टी नै रोज्ने पक्का भएको छ । यस्तै करिश्माले राम्रो अङ्क ल्याएर एसईई पास गरिसकेकी छिन् । उनले अब आफू मास्टरसम्म पढ्ने पनि बताएकी छिन् ।