१८ असार २०७६, काठमाडौँ
धुर्मुस सुन्तली अहिले अभिनयमा भन्दापनि सामाजिक कार्यमा बढी व्यस्त छन् । उनीहरु अहिले भरतपुरमा बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशालामा व्यस्त छन् । यस्तै सबैले उनीहरुलाई कलाकारितालाई पनि सँगै लैजान अनुरोध भने गरिरहेका छन् ।
धुर्मुस सुन्तलीले पनि दर्शकको अनुरोधलाई स्वीकार गर्दै केहीसमय अघि एन्टिभाइरस नामक चलचित्र निर्माण गर्ने बताएका थिए । तर अहिले चलचित्रको नाम परिवर्तन भएर सेन्टिभाइरस राखिने भएको छ । यस्तै चलचित्रका लागि नायक प्रदिप खड्का पहिलो रोजाईमा परेका छन् । तर उनले चलचित्र गर्ने वा नगर्ने कुराको भने टुङ्गो लागेको छैन ।
चलचित्र रामबाबु गुरुङ निर्देशन गर्ने कुरा भैरहेको छ । रामबाबु गुरुङको पाइपलाइनमा अहिले धेरै चलचित्र छन् । त्यसैले उनी त्यसको काम सकाएर धुर्मुस सुन्तलीको चलचित्रमा काम गर्ने गोप्य स्रोतले बताएको छ ।