१९ असार २०७६, काठमाडौं
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।
बृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Brish)
कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ।
मिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह (Mithun)
मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। तर काममा व्यवधान समेत उत्तिकै देखापर्नेछन्। विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
कर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Karkat)
परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीभाइ भेटिनाले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
सिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
कन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Kanya)
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
तुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Tula)
स्वास्थ्यमा केही कमजोरी देखिए पनि आँटेको काम सम्पादन हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ। सानो प्रयत्नले अप्ठ्यारो स्थितिबाट जोगाउन सक्छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम प्रारम्भ होला। दिन उत्साहपूर्ण रहला। अप्रिय समाचारले मन खिन्न बनाउन सक्छ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
बृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Brischik)
केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। चिताएको काम समयमा सम्पादन नहोला। खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयमा शुभचिन्तक तथा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा दिएको वचनले आफैँलाई अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
धनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Dhanu)
हिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले बल्झिन सक्छ। फजुल खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। तापनि, आंशिक लाभ भने मिल्नेछ।
मकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Makar)
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हातपार्न नसकिएला। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ। अरूको वचन टाल्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। अपेक्षाअनुसार फाइदा नउठ्न सक्छ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।
कुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द (Kumbha)
विभिन्न अवसर आए पनि हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। समाजबाट सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरूलाई उछिन्दै उपलब्धि प्राप्त गर्न सकिनेछ। कृषि र व्यापारमा फाइदा हुनेछ। भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइएला। मौकाको फाइदा उठाउन नसकिएला। आफ्ना कमजोरी सार्वजनिक हुन सक्छन्।
मीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Min)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। गोपनीयतामा विशेष सावधानी अपनाउनुहोला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।