त्रिवि सेवा आयोग अनियमितता, ‘कापी बुझाएपछि अंक थप्न लगाए’



१९ असार २०७६, काठमाडौं

भारत जाने, त्यहि पढ्ने अनि केही त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नै उत्तरपुस्तिका परीक्षणको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको भेटिएको छ । संलग्नता देखिएपछि आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्यसचिवको भूमिकामा रहने प्रशासनिक प्रमुख परशुराम कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘मैले कापी काटेर बुझाइसकेपछि फेरि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका कर्मचारी र पदाधिकारीले बोलाई थप्न लगाए,’ प्राध्यापक गोविन्दप्रसाद ढकालले अख्तियारमा बयानका क्रममा भनेका छन्, ‘सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्यसचिव परशुराम कोइराला र बच्चु भन्ने कर्मचारीले यसो गर्न लगाएका हुन् ।’

उनले कापी बुझाएपछि फेरि प्राप्तांक परिवर्तन गर्न लगाएको उल्लेख गर्दै भनेका छन्, ‘यी पार्टीका मानिस र यी विद्यार्थी युनियनका मानिस भएकाले नगरी हुँदैन भन्दै पछि नम्बर थप्न लगाएका हुन् ।’ उनले थपेको अंक आफ्नो विवेकको नभएको स्विकारेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदीप कैनी र कृष्ण ज्ञवालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्