१९ असार २०७६, काठमाडौँ
ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा डिफेन्डिङ्ग च्याम्पियन चिलीलाई पेरुले ३–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै पेरु कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता चिली विरुद्धको खेलमा पेरुका इडिसन फ्लोरेसले खेलको २१ औं मिनेटमा गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । लगत्तै ३८औं मिनेटमा योशीमार योटुनले थप एक गोल गरी पेरुकोे अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समय ९१ औ मिनेटमा जोस पाउलो गुरेरोले गोल गर्दै पेरुको अग्रतालाई तेब्बर बनाएका थिए ।
पेरुले अब कोपा अमेरिका उपाधिको लागि आगामी सोमबार ब्राजिलसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थानको लागि चिली र अर्जेन्टिना आइतबार बिहान खेल्नेछन् ।