२० असार २०७६, काठमाडौँ
चिनको एक सहरमा कुकुरको मासु खाने गरिन्छ । हुन त मानिसले अन्य जीवजन्तुको पनि मासु खाने गरेका छन् । तर कुकुरको मासु खाँदा चिनमा यसबारे विवाद उठाइएको छ । चिनको एक शहरमा हरेक बर्ष डग मिट फेस्टिभल हुने गरेको छ ।
जहाँ कुकुरको मासु खानको लागि मानिसको भिड लाग्ने गर्छ । यो चिनमा पहिलेदेखि नै चल्दै आएको परम्परा हो । चिनमा बस्ने मानिसले कुकुरको मासु स्वास्थ्यको लागि पनि राम्रो भएको बताउने गरेका छन् । यस्तो प्रथाका कुकुरको अवैध रुपमा धन्दा हुन थालेको र घरमा राखेका कुकुरहरु पनि चोरी हुन थालेको बताइएको छ ।