२० असार २०७६, काठमाडौँ
टर्कीमा एक युवक अहिले संसारभर भाइरल भएका छन् । १७ बर्षिया फ्युजी जबातको अहिले जताततै प्रशंसा भैरहेको छ ।
फ्युजीले २ तल्लामाथिबाट झरेकी बच्चीलाई जमिनमा पछारिन नपाउँदै समातेका छन् । यो सुन्दा पनि डरलाग्दो घटना हो । ती सानी बच्ची २ तल्लामाथिको झ्यालबाट झरेकी थिइन् । यदि फ्युजी समयमै आएर ती बच्चीलाई नसमातेको भए सायद आज ती बच्चीको ज्यान पनि जान सक्थ्यो ।
फ्युजीले निकै बहादुरीको काम गरेका छन् । उनी ती सानी बच्चीको लागि भगवान नै साबित भएका छन् । त्यसैले अहिले चारैतिरबाट फ्युजीले तारिफ पाइरहेका छन् ।