१५ बर्षमा बिहे, १६ बर्षमा सन्तान र १७ बर्षमा श्रीमान गुमाएकी यी युवतीले भनिन् : ‘दलित भएका कारण श्रीमानको लास छुन पनि पाइन’



२० असार २०७६, काठमाडौँ

हाम्रो समाजमा दैनिक रुपमा निकै अपत्यारिला र दुखलाग्दा घटना घट्न थालेका छन् । जुन सुन्दा पनि शरीर कामेर आउँछ । यस्तै एउटा दुख घटना फेरि आएको छ ।

गुल्मीको तम्घासमा बस्दै आएकी पुष्पा बराल (वि.क) अहिले निकै तनावमा छिन् । उनको १५ बर्षको उमेरमा कृष्णप्रसादसँग प्रेम विवाह भएको थियो । उनले मात्र १५ बर्षको उमेरमा आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । १६ बर्षको उमेरमा सन्तान जन्माउन पनि निकै गाह्रो रहेको हुन्छ ।

उनले १७ बर्षको उमेरमा आफ्नो श्रीमान् गुमाइन् । पुष्पाका श्रीमान् टिभी रोगबाट पिडित थिए । उनको सफल उपचार हुन नसकेपछि निधन भएको हो । अझ दुखलाग्दो कुरा त के छ भने उनले आफ्ना श्रीमान्को लास छुन समेत पाइनन् ।

पुष्पा दलित जातकी भएकाले उनको श्रीमान्को घर परिवारले श्रीमान्को लास छुन नदिएको हो । सुरुमा पुष्पाका श्रीमान्ले उनलाई मगर जातको बताउँदै घरमा भित्राएका थिए । पछि उनका बाबुआमाले थापा पाएर पुष्पाप्रति उनीहरुको व्यवहार बदलिएको रहेछ । पुष्पा न्यायको खोजीमा अहिले भौतारिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्