जब कन्सर्टमा आयुष्मानले आफूलाई ‘चुसेको आँप’ भनेर चिनाए…



२१ असार २०७६, काठमाडौँ

आयुष्मान देशराज जोशी यतिबेला चलचित्र सानो मन को प्रमोशनमा व्यस्त छन् । सानो मन आउँदो असार २७ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रले राम्रै चर्चा बटुलिरहेको छ । यस्तै चलचित्रको प्रमोशनका लागि हिजो राजधानीमा एक विशेष कन्सर्ट राखिएको थियो ।

कन्सर्टमा चलचित्रका मुख्य कलाकार आयुष्मान जोशी, शिल्पा मास्के र चलचित्रका निर्देशक र गायक पनि उपस्थित भएका थिए । उक्त कन्सर्टमा आयुष्मानको निक राम्रो क्रेज देखिएको थियो । उनीसँग सेल्फि खिच्ने युवतीको घुँईचो नै लागेको थियो ।

आयुष्मान पनि आफ्ना फ्यानसँग सेल्फि खिचाउनमा व्यस्त देखिन्थे । यस्तै रमाइलो कुरा त के छ भने उक्त कन्सर्टमा आयुष्मानले दर्शकमाझ आफूलाई चुसेको आँप को नामले चिनाए । आयुष्मानलाई मन नपराउने दर्शकले उनलाई चुसेको आँप भन्ने उपनाम दिएका छन् । यस्तै आयुष्मानले यस्तो भन्दा दर्शक निकै मज्जाले हाँसेका थिए ।

प्रतिक्रिया दिनुहोस्