२१ असार २०७६, काठमाडौं
ह्याण्ड इन ह्याण्ड फाउण्डेशनले स्थानीय तहमा आन्तरिक लेखा प्रणाली, कर र भ्याट तथा सूचनाको हक सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा राजन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि डा भट्टराईले यस किसिमका कार्यक्रमले स्थानीय जनप्रतिनिधीहरुलाई सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् प्रा डा चन्द्रमणी अधिकारीले कर र भ्याट, सूचना आयोगका आयुक्त माननिय यशोदा तिम्सिनाले सूचनाको हक र त्रिलोचन आचार्यले आन्तरिक लेखा सम्बन्धी जनप्रतिनिधी तथा सहभागीलाई प्रशिक्षित गरेका थिए ।
कार्यक्रमको स्वागत मन्तव्य निशा बरालले गरेकी थिईन् भने संचालन रामशरण सापकोटाले र अध्यक्षता संस्थाका अध्यक्ष नवानन्द न्यौपानेले गरेका थिए ।