२३ असार २०७६, काठमाडौैं
घरेलु टोली आयोजक ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि चुमेको छ । आइतबार राती सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।
ब्राजिलको जितमा एभर्टनले १४औं मिनेटमा खाता खोलेका थिए । एभर्टनले ग्यब्रीयल जेससको पासमा गोल गरेका थिए ।
ब्राजिलको अग्रतालाई पेरुले ४४औं मिनेटमा पेनाल्टी गोल मार्फत तोडेको थियो । पेरुका बराबरी गानेल जोसे पाओलो गुरेरोले पेनाल्टीको सदुपयोग गरेका थिए । त्यसपछि ४५औं मिनेटमा ब्राजिलका ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
७०औं मिनेटमा जेसस दोहोरो पहेंलो (रातो कार्ड) खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा समेर्टिको थियो । खेलको अन्तिम मिनेटमा रिचारलिसनले अर्को गोल थप्दै ब्राजिलको जित सहज बनाए ।