बिचल्लीमा परेका ४४ नेपाली महिलालाई चीनमै काम गर्न मेनपावर सञ्चालकको दबाब



२३ असार २०७६, काठमाडौं

लगभग दुई महिनाअघि चीन ल्याएर बिचल्लीमा पारिएका ४४ नेपाली महिलालाई चीनमै बसेर काम गर्न नेपालको कम्पास मेन पावर कम्पनीले दबाब दिएको छ ।

काठमाडौँ पिंगलास्थानमा कार्यालय रहेको सो कम्पनीले ती महिलालाई कामका लागि चीनको ल्याउनिङ पठाएको थियो ।

केही दिनअघि चीनमा नेपाली ४४ महिला बिचल्लीमा परेको समाचार नागरिकमा छापिएपछि कम्पनी सञ्चालक गिरिराज घिमिरे र राम कार्की शनिबार चीनको ल्याउनिङ आएका छन् ।

घिमिरे र कार्कीले आइतबार समूहसमूहमा नेपाली महिलासँग कुरा गरेर चीनमै बस्न दबाब दिएका हुन् । यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्