२३ असार २०७६, काठमाडौैं
फ्रान्समा जारी महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा साविकको विजेता अमेरिकाले नेदरल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
पहिलो हाफमा दुवै टिमको तर्फबाट कुनै पनि गोल नभएपछि दोस्रो हाफमा अमेरिकाले खेलको ६१औं मिनेटमा मेगन रपिनोएको गोलबाट अग्रता लिएको थियो । लगत्तै ८ मिनेटपछि रोज लावेलेले गोल गर्दै अमेरिकाको गोल अग्रतालाई दोब्बर बनाएकी थिईन् ।
जारी महिला विश्वकप फुटबलमा अमेरिकाले लगातार १२ खेल जित्दै इतिहास रचेको छ । यस विश्वकपमा अपराजित रहेको अमेरिकाले यसअघि सन् १९९१, १९९९, २०१५ मा विश्वकप जितेको थियो । यो जितसँगै अमेरिका महिला विश्वकप फुटबल धेरै पटक जित्ने देश समेत बनेको छ ।
यसअघि जर्मनीले २ पटक, नर्वेले एक पटक र जापानले एक पटक महिला फुटबल विश्वकपको उपाधि जितेका छन् ।